सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २२ पुस । देशभर पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । सात हजार २०९ जनाले पीसीआर र चार हजार ८९० जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २७१ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ४४५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख एक हजार ७४२ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ४४ हजार ३९४ पुगेको छ । कूलमा सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख २० हजार ६५३ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव नौ रहेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १४ र आइसियूमा ७९ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार ६९, संस्थागत आइसोलेशनमा ३६२ र क्वारेन्टिनमा ११३ रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ३०२, ललितपुर ६२१ र भक्तपुरमा ५५३ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा सातरसात, इलाम र झापामा एकरएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा सात, सुनसरीको इटहरीमा चार, धरानमा दुई र इनरुवामा एक, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा एकरएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज चार महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर छ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।
तुलसीपुरमा एकैदिन १५ शिक्षक, विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् । बिहीबार मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति विमल केसीका अनुसार आज २५ महिला र २० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ मा कोरोना पुष्टि भएको हो । योसँगै तुलसीपुरमा पछिल्लो चार दिनयता ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ओमिक्रोन सङ्क्रमण भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा स्वाब सङ्कलन गरी पठाइएको छ । कोरोना देखिएपछि गुरुजजुर माविलाई पुस २७ गतेसम्म बन्दसमेत गरिएको छ । आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा सङ्क्रमण पुष्टि भएसँगै पाँच वटा विद्यालयमा कोरोनाको सङ्क्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । केसीका अनुसार अस्वारामा तीन सुस्तश्रवण विद्यार्थी, छ अन्य विद्यार्थी तथा पाँच शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ । पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको केसीले बताए । “विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ”, उनले भने, “यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।” विद्यालयमा नै बढी देखिएकाले केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउनसक्ने उहाँको भनाइ थियो । उहाँका अनुसार प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौँलगायतका स्थानमा ‘टुर’ गएका रहेका छन् । उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्रायः भेरोसेल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ ।