माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण 

शनिबार, पुस २४, २०७८

काठमाडौँ, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन् । “उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ”, उनले भनिन्, “अहिले उहाँ निवासमा बसेर स्वास्थ्य लाभ लिइरहनुभएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ ।” चकित्सकको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले प्रचण्डका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।  यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो । चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेशनमा बस्नुहुने उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार