सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २४ पुस । देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९७ हजार ८९ पुगेको छ । पछिल्लो समय थप २९७ जना कोरोनाबाट निको भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख १४ हजार ६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा दुई लाख बढीले लगाए खोप पछिल्लो समय दुई लाख ४३ हजार ४६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यस रोगबाट हालसम्म शुक्रबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । हाल होमआइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६३१ छ । संस्थागत आइसोलेशनमा ५०९, आइसीयूमा ८१ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक÷एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै तीन महिलासहित सात कोरोना सङ्क्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।