सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २६ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
रुघा र सामान्य खोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए ।
पौडेलका प्रेस संयोजक विमल खड्काका अनुसार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत लगायतलाई कोरोना संक्रमण भएको थियो । प्रधानमन्त्री देउवाको पीसीआर भने नेगेटिभ आएको बताइएको छ ।