प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ

सोमबार, पुस २६, २०७८

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।  
प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो ।
यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेल हाल होम आइसोलेसनमा बसेका छन् । दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार