आजदेखि ललितपुरका विद्यार्थीलाई फाइजर खोप दिइँदै

मंगलबार, पुस २७, २०७८

ललितपुर, २७ पुस । ललितपुरमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई आजदेखि विद्यालयहरुमा फाइजर खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका  खोप सुपर भाइचर पार्थमणी न्यौपानेकाअनुसार ललितपुर महानगरका विभिन्न विद्यालयमा आजदेखि २ माघसम्म कोरोना विरुद्धको खोप दिने कार्यक्रम छ । महालक्ष्मी नगरमा ४ माघसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने  गोदावरीमा ३ गतेसम्म खोप लगाउन सकिन्छ । दक्षिण ललितपुरका महाकाल गाउँपालिकामा मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन हुँदैछ । कोञ्ज्योसोम गाउँपालिकाका विद्यालयमा २९ पुससम्म र वागमती गाउँपालिकामा ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । स्थास्थ्य कार्यालयकाअनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर बायोएनटेक खोपको पहिलो मात्रा दिने कार्यक्रम सुरु हुन लागेको हो ।  न्यौपानेले नेपाली बच्चाहरुलाई पहिलोपल्ट अमेरिकी फाइजर खोप दिन लागिएको बताए । आजबाट फाइजर काठमाडौं र ललितपुरमा लगाउने कार्यक्रम छ । उनकाअनुसार दोस्रो मात्रा भने २४ माघबाट सुरु हुनेछ । ललितपुरका विद्यालयसँगै केही स्वास्थ्य केन्द्रमा समेत खोप लगाउने कार्यक्रम छ । यो खोप कोभ्याक्समार्फत नेपाल सरकारलाई अनुदानमा आएको हो । भक्तपुरमा सोमबारबाट नै विद्यार्थीलाई मोर्डना खोप दिन थालिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार