सर्लाहीका प्रजिअ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण

मंगलबार, पुस २७, २०७८

मलङ्गवा, २७ पुस । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए । सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बस्नुभएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता  प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार