सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २७ पुस । पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा ह्वात्तै बढ्न थालेको छ । सोमबा र मंगलबारको तुलना गर्दा एक हजारको दरले संक्रमति थपिएको देखिन्छ । मंगलबार २ हजार ४४४ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । १५ हजार ३३ नमूनाको परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ । त्यस्तै आज ३१३ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ९ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमकम बढ्यो सङ्क्रमण, १९४ मा पुष्टि
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । आज थप १९४ मा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७१३ जनाको नमूना परीक्षण गर्दा १९४ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ३९ र एन्टिजेनमार्फत १५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ३१, महाकाली अस्पतालमा छ, जिल्ला अस्पताल बैतडीमा दुई र एन्टिजेनमार्फत कैलालीका ७७, कञ्चनपुरका ७४, दार्चुलाका दुई, बैतडी र डोटीका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पाँच निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा १५९ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए भने आइतबार ६२ जनामा पुष्टि भएको थियो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।
प्रदेश नं १ मा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, सङ्खुवासभा र उदयपुरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यसैगरी यो प्रदेशमा पछिल्लो २४ घण्टामा तीन महिलासहित आठ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३८७ रहेको मन्त्रालयले जनाएको छ ।