दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण

मंगलबार, पुस २७, २०७८

काठमाडौं, २७ पुस : भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको छ । दिल्ली सरकारको तर्फबाट जारी गरिएको बुलेटिनमा सो समयमा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । 

राजधानीमा कूल सक्रिय संक्रमितको संख्या ७४ हजार ८८१ रहेको छ । पोजेटिभिटी दर बढेर २५.६५ पुगेको छ । 

भारतमा मंगलबार १ लाख ६८ हजार भनेदा धेरैलाई कोरोना संक्रमण भएको थियो भने २७७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।-एजेन्सी

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार