पुँजीगत खर्चको गति बढाउन अर्थमन्त्रीको आग्रह

मंगलबार, पुस २७, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, २७ पुस । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका  छन् । अर्थमन्त्रालयमा आज आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गरेका हन् । 
आवश्यक परेको समयमा आफू सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री शर्माले जसरी पनि खर्च गर्न आग्रह गरे । “आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ”, उनले भने । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्ने उल्लेख गर्दै उहाँले जसरी पनि खर्च बढाउन आग्रह गरे । 
ठूला योजनामा स्थानीय तह र स्थानीयवासीलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । ठूला योजनामा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने मन्त्री शर्माको भनाइ थियो ।  विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै मन्त्री शर्माले डिजिटल माध्यममा लैजानुपर्नेमा जोड दिए । 
“फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई÷चार दिन जान्छ । यहाँ पनि समय गइरहेको  छ”, उनले भने, “यसलाई डिजिटल माध्यममा लैजानुप¥यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृत गर्ने हुनुप¥यो ।” पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत बराबर भएको छ । समग्रमा हालसम्ममा २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार