कोभिड र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान

बिहीबार, फागुन ६, २०७७
मयुर प्लाई
Global Ime Bank

काबुल । कोभिड–१९ र खडेरीको असर सामना गर्न विश्व बैंकले अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।अफगाजिस्तास्थित विश्व बैंकको कार्यालयले बिहीबार जारी वक्तव्यमा भनिएको छ, ‘युद्धग्रस्त एशियाली मुलुकका लागि अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट अनुमोदन गरिएको अनुदान खडेरी र कोरोनाभाइरस प्रभावित अफगानी नागरिकलाई नियमित र पूर्वानुमान नगद सहयोग प्रदान गर्नेछ ।’ उक्त रकम खाद्य र पोषण सुरक्षा सुधार ल्याउने काममा पनि प्रयोग गरिनेछ ।  प्राप्त विवरणअनुसार अनुदानले अफगानिस्तानमा खडेरीबाट निम्तिने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सफल कार्यक्रम निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।  लाखौं अफगानीलाई गरीबीको चरम समस्यामा पु¥याई विस्थापित हुने जोखिममा पु¥याएको खडेरी र महामारीको असर कम गर्न कार्यक्रमले सहयोगी भमिका खेल्ने विश्व वैंकले बताएको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २१:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार