सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २ माघ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो । संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो । तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।