फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा व्यापक प्रदर्शन

राष्ट्रपति म्याक्रोँविरुद्ध चर्को नाराबाजी
सोमबार, माघ ३, २०७८

पेरिस, २ माघ । फ्रान्समा कोरोनाविरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका सहरमा भेला भएका हजारौँ सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन् । आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको विरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रदर्शनकारीहरूले फ्रान्समा किशोरकिशोरीलाई खोपका बारेमा जानकारीसमेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन् ।
प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अष्ट्रेलियाली सरकार विरुद्धसमेत नारा लगाए । 
फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । फ्रान्समा कोरोनाविरुद्धको खोप नलाउनेको सङ्ख्या उल्लेख्य छ । यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने विधेयकलाई मान्यता दिएको थियो ।
दशौं हजारले जर्मनीभर विरोध प्रदर्शन
१०औँ हजार खोप समर्थक र महामारी अस्वीकार गर्नेले शनिबार जर्मनीभर जुलुस निकालेका छन् ।
सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका थिए । तिनीहरूमध्ये लगभग ६,०००ले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरेजबकि २,५००ले प्रतिद्वन्द्वी प्रदर्शन गरे । त्यसेगरी थप ३,००० प्रदर्शनकारीले कोभिड–१९ असन्तुष्टको आलोचना गर्दै उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा जुलुस निकालेका छन् ।
सयौं प्रदर्शनकारी मास्क नलगाइकन ह्याम्बर्गर कुनस्टले बाहिर ¥याली गर्दै प्रतिबन्धको अवज्ञा गरेका छन्जसका कारण पुलिससँग छिटपुट झडप भएको थियो । साथै ओस्नाब्रक, श्वेरिन, म्युनिख, फर्थ र डसेलडोर्फमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।–रासस÷एएफपी 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार