सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २ माघ । सन् २०२१ मा चिनियाँ ब्राण्डका यात्रुवाहक सवारी साधनको बिक्री २३.१ प्रतिशतले बढेको उद्योग सङ्घद्वारा जारी तथ्याङ्कले देखाएको छ । ‘चाइना एसोसिएसन अफ अटोमोबाइल्स म्यानुफ्याक्चरर्स’का अनुसार गत वर्ष चिनियाँ ब्रान्डका ९५ लाख ४० हजारभन्दा बढी कार बिक्री भएका थिए । सङ्घले यस वृद्धिको श्रेय नवीकरणीय ऊर्जाबाट चल्ने सवारीवाहनको विकास र उत्कृष्ट निर्यात रणनीतिलगायतका कारकहरूलाई दिइएको छ । सङ्घका अनुसार सन् २०२१ मा पहिलो पटक चिनियाँ सवारीसाधनको वार्षिक निर्यात दुई करोडभन्दा बढी पुगेको छ । यो हालैका वर्षहरूमा वार्षिक आँकडाभन्दा दोब्बर हो । गतवर्ष (सन् २०२१) मा चिनियाँ गाडीको बिक्री वर्षमा ६.५ प्रतिशतले बढेर दुई करोड १४ लाख ८० हजार पुगेको हो । यसमध्ये ३५ लाख २० हजार नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधन रहेका छन् । एक वर्ष पहिलेको तुलनामा नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनको बिक्री झन्डै १६० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।– रासस/सिन्ह्वा