सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २ माघ । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् । शुक्रबारसम्मको तथ्यांकमा यहाँका एक अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो सङ्ख्या चीनको जनसङ्ख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये एक अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए । शनिबार पत्रकार सम्मेलनमा उहाँले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताउनुभएको हो । सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरे । सो अवसरमा उनले अनिवार्यरुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका थिए । चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमित देखिन थालेका छन् । ती सङ्क्रमितको पहिचान गरेर चीनका अधिकारीले स्वास्थ्य सतर्कताका मापदण्ड अपनाउन आग्रह गरिरहेका छन् ।– रासस/सिन्ह्वा