हवाई भाडा बढ्यो

शुक्रबार, फागुन ७, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले जनाएको छ । निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ रुपैयाँबाट वृद्धि भई ६७ कायम गरिएको छ । हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० रुपैयाँ बढेको छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार