सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, २ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको अव्यवस्थित सहरीकरण नै भुकम्पीय जोखिमको मुख्य कारण बन्नेमा चिन्ता व्यक्त गरेका छन् । २४ औँ भूकम्प सुरक्षा दिवस, २०७८ को अवसरमा आइतवार आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘२०७२ सालको भूकम्पमा देखेका र भोगेका कुरालाई मनन गरेर आउँदा दिनका लागि यसबाट जोगिन तयारी गर्नुपर्छ । ’भूकम्प तथा आगलागी अनि बाढीपहिरो जस्ता प्राकृतिक विपद्को क्षति न्यूनिकरणका लागि तीनै तहको सरकारबीच सहकार्य अतिनै जरुरी रहेको उनको भनाइ थियो । उक्त जोखिमबाट मुलुकवासीको रक्षा गर्न दक्ष जनशक्ति परिचालन गर्न सबै स्थानीय तह तयार हुनुपर्ने उनले बताए । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११ आँै नम्वरमा रहेको जानकारी गराउँदै भूकम्पको जोखिमबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए । उनले प्राकृतिक विपत्तिको पूर्व सूचना प्राप्त गर्ने संयन्त्रलाई प्रभावकारी बनाउने बताए । ललितपुर महानगरले जस्तै अन्य पालिकाले समेत भवन निर्माणसंहिता लागु पर्ने बताए । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा आउने भूकम्पको जोखिम कम गराउन बलियो भवन मात्रै प्रर्याप्त नहुने बताउँदै भूगोलको संरचना र बनावटप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राखिन् । उनले भनिन् ,‘मुलुकका भित्रि शहरहरुमा प्राकृति विपद् आउदा बेला प्रयोग गर्न मिल्ने खुला क्षेत्र अभाव भएको गुनासो गर्दै सोको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दछु ।’ ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता २०६९ बनाउने पहिलो नगरपालिका आफ्नै रहेको जानकारी गराउँदै त्यसैका कारण गएको पछिल्लो गोरखा भूकम्पमा महानगरभित्र क्षति कम भएको जिकिर गरे । उनले “हामीले विपद्का बेला प्रयोग हुने मानवीयका र भौतिक स्रोत साधनलाई पुल्चोकस्थित जुद्धबारुणयन्त्र कार्यालयको एउटै छानामुनि तयारी अवस्थामा राखिरहेका छाँै ।” महानगरपालिका भित्र रहेको सार्वजनिक तथा ऐलानी जग्गामा संरचना निर्माण गर्न नपाउने नीति लागू गरेको बताए । भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालिले गएका भूकम्पमा भएका क्षती र विनासलाई मध्यनजर गरेर पूर्व तयारी अत्यावश्यक भएकाले त्यसतर्फ लाग्न अनुरोध गरे । उनले भने, ‘मुलुकव्यापी सुरक्षितका साथै प्रतिरोधि भवन निर्माणका लागि विभागले विसं २०५८ देखि कालिगढलाई तालिम प्रदान गरिरहेको छ ।’ विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न प्रशस्तै योजना अघि सारेको बताए । उनले भने,‘मुलुकमा हुने विभिन्न प्रकारका विपद्को पूर्वानुमानका लागि प्रविधिका साथै संंयन्त्र पनि तयार पार्दै गएका छौं । ’ भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठले विपद्को जोखिम न्यूनिकरणका लागि संस्थागतका साथै व्यवस्थीत काम गर्न जरुरी भएको धारणा राख्दै सबै पक्षबीच सहकार्य अत्यावश्यक भएको बताए । संयुक्त राष्ट्रसङघका आवसीय प्रतिनिधि रिचड होवाडले समुदाय स्तरमा भूकम्प जस्ता प्राकृतिक प्रकोपको चेतना पु¥याउन आवश्यक भएको विचार व्यक्त गरे । उनले भने, ‘नेपालमा देखिने विपद्बारे जनचेतना जगाउनका लागि सरकारसँग सहकार्य गर्न हामी तयार छाँै ।’ यसैगरी सो कार्यक्रममा प्रधानमन्त्री देउवाले भूकम्पीय सुरक्षा डिजिटल प्रविधिको उद्घाटन गरे । साथै साथै ललितपुर महानगरले प्रकाशित गरेको ‘विपद् पुस्तिका’ समेत भर्चुवल तरीकाबाट विमोचन गरेका थिए । सो अवसरमा महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर अगाडि रहेको ‘भूकम्प स्तम्भ’मा माल्यापर्णका साथै दिप प्रज्वलन गर्दै कुनै प्रकारको विपद्को जोखिम भोग्नु नपरोस भन्ने कामना गरेका थिए । उक्त कार्यक्रममा ‘घुँडा टेकी गुँडुल्की ओत लागी समात’ भन्ने राष्ट्रिय अभ्यास कार्यान्वयनका लागि डेमो प्रदर्शन गरिएको थियो । साथै कार्यक्रमका सहभागीहरुले पनि उक्त अभ्यास गरेका थिए ।