सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ३ माघ । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हाे । मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।
प्रदेश नं १ मा ६१७ मा सङ्क्रमण पुष्टि प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८८९ जनाको पिसिआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा चार, इलाम, सोलुखुम्बु र भोजपुरमा दुईरदुई, उदयपुरमा एक र प्रदेशबाहिरका ३८ जनामा सङ्क्रमण भएको हो । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा नौ, उर्लाबारीमा सात, बूढीगङ्गामा तीन, मिक्लाजुङ, कटहरी र कानेपोखरी दुईरदुई, बेलबारी, रङ्गेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा एकरएक र स्थानीय तह नखुलेका छ, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका सातरसात, रामधुनीमा तीन, बराहक्षेत्र र बर्जुमा दुईरदुई, गढी, भोक्राहानरसिंह र देवानगञ्ज एकरएकमा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा नौरनौ, अर्जुनधारामा पाँच, शिवसताक्षीमा चार, कमल गाउँपालिकामा तीन, बाहृदशी र कचनकवलमा दुईरदुई, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा चार, इलामको चुलाचुली र मांसेबुङमा एकरएक, सोलुखुम्बुको सोलुदूधकुण्ड र नेचा सल्यानमा एकरएक भोजपुरको भोजपुर नगरपालिकामा दुई, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका ३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज आठ महिलासहित १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १८१ रहेको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा ३४५ सङ्क्रमित थपिए सुदूरपश्चिम प्रदेशमा आज थप ३४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार २७५ जनाको नमूना परीक्षण गर्दा ३४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पिसिआरमार्फत १०३ र एन्टिजेनमार्फत २४२ जनामा पुष्टि भएको हो । पिसिआरमार्फत सेती प्रादेशिक अस्पतालमा ८९, जिल्ला अस्पतालमा १०, जिल्ला अस्पताल डोटीमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका १२३, कैलालीका ९५, डोटीका सात, डडेल्धुरा र बाजुरा छ÷छ र बैतडीका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, गएको २४ घण्टामा प्रदेशभर १२ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन । बाजुराको खप्तड छेडेदह–२ का ५१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो । यसअघि आइतबार यस प्रदेशमा १८४ जनामा सङ्क्रमण पुष्टि हुँदा आठजना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म छ सय १६ जनाको ज्यान गइसकेको छ ।