कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

बुधबार, माघ ५, २०७८

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिए  । सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन् । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए । उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताएका छन् । चिकित्सक परामर्शमा औषधि लिइरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार