भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित

बिहीबार, माघ ६, २०७८

नयाँ दिल्ली, ६ माघ । भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहँु बढेको छ ।  भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार