सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ,६ माघ । जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो । सुन्दरबजार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पाउँदी नाकामा हेल्थ डेक्स स्थापना गरी सचेतना सहितको माक्स अभियान सञ्चालन गरिएको हो । माक्स लगाउँदा मात्र पनि कोभिड संक्रमण फैलिनबाट जाेगिने भन्दै अभियानमा साथ दिन प्रहरीले आग्रह गरेको छ ।
अभियानअन्तर्गत नाकाबाट प्रवेश गर्ने हरेक सवारी साधनमा चेकजाँच गर्नुका साथै यात्रु र पैदल यात्रीलाई सचेतना सहित माक्स वितरण गरिएको छ । सुरुवाती चरणमा पाउँदी नाकामा सञ्चालन गरिएको यस अभियान अन्य नाकाहरुमा पनि छिट्टै सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई मास्क लगाउन अनुरोध गरेको छ भने पैदल तथा सवारी साधनमा हिडडुल गर्नेलाई पनि माक्स अनिवार्य गरेको छ ।