सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ६ माघ । देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ हजार ३५२ जनामा सङ्क्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गरिएको थियो । एक्काइस हजार सात जनाले पीसीआर तथा ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १८ हजार ८०९ पुगेको छ । निको हुने दर ९२ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख ८७ हजार ७६९ जनामा तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख आठ हजार ११९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार २०५ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख सात हजार ८२३ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार २१४ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा २७ जना र आइसियूमा १८६ जना रहेका छन् । होम आइसोलेसनमा ५५ हजार ८३६, संस्थागत आइसोलेसनमा एक हजार ४९२ र क्वारेन्टिनमा १२५ जना छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् । दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । कोरोना सङ्क्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा तीन हजार ७८३ सक्रिय सङ्क्रमित रहेका छन् ।
सुदूरपश्चिममा थप ५३४ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा थप ५३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार २८६ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत २३९ र एन्टिजेनमार्फत २९५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, महाकाली अस्पतालमा ५०, जिल्ला अस्पताल बाजुरामा २२ र एन्टिजेनमार्फत कैलालीमा ९८, कञ्चनपुरमा ९४, बाजुरामा ६, दार्चुलामा २, बझाङमा १०, बैतडीमा ५, डोटीमा ३१, डडेल्धुरामा ३८ र अछाममा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जना कोरोनाबाट निको भएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट कोसैको पनि मृत्यु भएको छैन । यसैबीच आज सङ्क्रमण पुष्टि भएका ५३४ जनामध्ये १५५ जना भारतबाट घर फर्किएका व्यक्ति हुन् । प्रदेशको गौरीफन्टा नाकामा ७४, गड्डाचौकी नाकामा ७६, झुलाघाटमा चार र पुलघाट नाकामा एका जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसअघि बुधबार प्रदेशमा ४७७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।
प्रदेश १ मा थप एक हजार ६० जना कोरोनाबाट सङ्क्रमित प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ तथा ५६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण देखिएकोे हो । पीसीआर परीक्षण गर्दा मोरङको विराटनगरमा ३२०, बुढीगङ्गामा १८, उर्लाबारीमा नौ, सुन्दरहरैचामा सात, कटहरीमा चार, बेलबारी र स्थानीय तह नखुलेका तीन-तीन, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा दुई-दुई तथा केराबारी, रङ्गेली, लेटाङ, सुनवर्षी र मिक्लाजुङमा एक÷एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा पाँच, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा चार-चार, हरिनगरमा तीन, भोक्राहा र रामधुनीमा दुई-दुई तथा कोशी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका ११ जनामा कोरोना देखिएको छ । झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२-१२, बुद्धशान्ति र शिवसताक्षीमा ६÷६, मेचीनगरमा पाँच, हल्दिबारीमा तीन, कमल र झापा गाउँपालिकामा दुई-दुई तथा गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै धनकुटाको धनकुटा नगरपालिकामा सात, छथरजोरपाटीमा तीन, महालक्ष्मीमा दुई र पाख्रिबासमा एक, उदयपुरको कटारी र स्थानीय तह नखुलेका दुई-दुई जनामा, बेलकामा एक, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक जना, इलामको इलाम नगरपालिका र माईमा एक-एक, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा एक÷एक तथा प्रदेश बाहिरका ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज २५ महिलासहित ४८ जना कोरोनाबाट मुक्त भएका छन् । कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५१५ रहेको छ ।