आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड

शुक्रबार, माघ ७, २०७८

काठमाडौं, ७ माघ । काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ ।  काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ । खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ । शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार