शिक्षामन्त्री र डा.केसीबीच छलफल

शुक्रबार, माघ ७, २०७८

काठमाडौँ, ७ माघ । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् । मन्त्री पौडेलका अनुसार डा.केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बस्नुभएका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार