सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ७ माघ । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ । पछिल्लो समय थप ७६६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९१.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा तीन जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६३५ को सङ्क्रमणका कारणले मृत्यु भएकोे छ । पाँच सय र २०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १५–१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३ हजार ७३४, संस्थागत आइसोलेशनमा एक हजार ६४०, आइसियुमा १९४ र भेन्टिलेटरमा ३५को उपचार हुँदैछ ।
तीन लाख बढीले खोप लगाए
विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ ।
प्रदेश १ मा ११३५ मा कोरोना सङ्क्रमण प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार २३६को पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ को एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा पाँच, उदयपुरमा चार, संखुवासभामा तीन, इलाम र भोजपुरमा दुई÷दुई, पाँचथर, तेहृथुम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका ३८ मा कोरोना सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा २५३, बुढीगङ्गामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा सात, रङ्गेलीमा पाँच, कटहरी र स्थानीय तह नखुलेका तीन÷तीन, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा दुई÷दुई, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा एक÷एक, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा छ, हरिनगरमा तीन, बराह क्षेत्र र बर्जुमा दुई÷दुई, गढी र रामधुनीमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा आठ, हल्दिबारीमा पाँच, बाहृदशी र कमल गाउँपालिकामा चार÷चार, कचनकवलमा तीन, बुद्धशान्ति र स्थानीय तह नखुलेका दुई÷दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका दुई÷दुई, पाख्रिबासमा एक जनामा सङ्क्रमण भएको छ । यसैगरी उदयपुरको त्रियुगामा तीन, चौदण्डीगढीमा एक, सङ्खुवासभाको मादीमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक-एक, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा एक-एक, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा एक÷एक र प्रदेश बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको छ । प्रदेशमा आज ३६ महिलासहित ८० कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस क्षेत्रमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०४ रहेको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा थप ५६५ जनामा सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ५६५ मा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार २५० को नमूना परीक्षण गर्दा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत १९४ र एन्टीजेनमार्फत ३७१ मा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६४, महाकाली अस्पतालमा १९, जिल्ला अस्पताल बैतडीमा ११ र एन्टीजेनमार्फत कञ्चनपुरका १६७, कैलालीका ८७, बाजुरामा ३१, दार्चुलाका १०, बझाङ्गका १०, बैतडीका नौ, डोटीका २८, डडेल्धुराका २३ र अछामका छमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर २३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन् । यसअघि बिहीबार यस प्रदेशमा ५३४ मा सङ्क्रमण पुष्टि हुँदा १२ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म छ ११६ को ज्यान गइसकेको छ ।