भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित

शनिबार, माघ ८, २०७८

नयाँ दिल्ली, ८ माघ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 
दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ सङ्क्रमित अवस्थामै रहेका छन् ।  सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने दुई लाख ४२ हजार ६७६ रहेको मन्त्रालयले जनाएको छ ।  योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीले जानकारी दिएका छन् ।  भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ती मध्ये पछिल्लो २४ घण्टामा ४८८ को मृत्यु भएको छ ।

स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई सङ्क्रमण

स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी रक्षा मन्त्री मातेज टोनिनले पनि आफू कोरोनाभाइसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  सभामुख जोर्किक गत बिहीबार सङ्क्रमित हुुनुभएको हो । त्यो दिन देशभरी गरेर कुल नौ हजार ८५८ नयाँ सङ्क्रमित थपिएका थिए ।
त्यसैगरी रक्षा मन्त्री टोनिन भने शुक्रवार सङ्क्रमित भएको पुष्टि भएको हो । उहाँले आफुलाई कुनै लक्षण नदेखिएको र कुनै समस्या पनि नभएको स्पष्ट पारेका छन् ।  स्लोभाकियामा अहिले सभामुख र रक्षा मन्त्रीसहित कुल ९६ हजार ४८१ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको पाँच प्रतिशत मानिस सङ्क्रमित भएका छन् ।–रासस/सिन्ह्वा
 

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार