सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ८ माघ । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार १८७ परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ । पछिल्लो समय थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २० हजार २८३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
१६ जना मृत्यु
विगत २४ घण्टामा आज एकै दिन १६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६५१ जनाको सङ्क्रमणका कारणले मृत्यु भएकोे छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५–१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ७१ हजार २६१, संस्थागत आइसोलेशनमा एक हजार ६०१, आइसीयूमा २१० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।
प्रदेश नं १ मा ७०२ मा कोरोना सङ्क्रमण प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पिसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा सात, इलाम र उदयपुरमा तीन–तीन, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा २१९, सुन्दरहरैचा र स्थानीय तह नखुलेका तीन–तीन, कटहरीमा दुई र रङ्गेलीमा एक, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका दुई–दुई, बर्जु, दुहवी र देवानगञ्जमा एक–एक, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा चार–चार, मेचीनगरमा दुई, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा एक–एक र स्थानीय तह नखुलेका पाँच जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा पाँच, पाख्रिबास र स्थानीय तह नखुलेका एक–एक, इलामको इलाम नगरपालिकामा तीन, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका एक–एक, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएकोे छ । प्रदेशमा आज २९ महिलासहित ७६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६१४ रहेको मन्त्रालयले जनाएको छ ।