सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा आज ८०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज ८९ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको थियो । तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० रुपैयाँमा कारोवार भएकामा आज ८८ हजार ५५० रुपैयाँमा कारोवार हुुने गरी मूल्य निर्धारण गरिएको थियो । चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा एक हजार ३०५ रुपैयाँ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ रुपैयाँले वृद्धि भएको हो ।–रासस