सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, माघ ९ । चालु वर्षको ६ महिनामा नेपालमा करिब १० खर्ब रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यस्तो आयात ५१ प्रतिशतले बढेको हो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले आयात अत्याधिक बढेको कारण विदेशी सञ्चितीमा चाप बढेपछि करिब ४०० वस्तुको आयात नियन्त्रण गर्नको लागि नगद मार्जिनको व्यवस्था गर्ने र कतिपय वस्तुको भन्सारदर बढाएको थियो । भन्सार विभागको तथ्यांकअनुसार सरकारले नगद मार्जिन राखेका वस्तुको आयातमा ५० प्रतिशतसम्म कमी देखिएता पनि समग्रमा आयातको मात्रा अत्याधिक देखिएको हो । पहिलो ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको सामान आयात भएको छ भने १ खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ । आयात ५१ प्रतिशतले र निर्यात ९५ प्रतिशतले बढेको छ । व्यापार घाटा ४६ प्रतिशतले बढेर ८ खर्ब ४६ अर्ब पुगेको छ ।