सर्केगार्डको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

आइतबार, माघ ९, २०७८

सिमकोट, ९ माघ : हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।

सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चमा करीब तीन महिना अघिदेखि स्थापना भएको प्रहरी पोष्टले नागरिकलाई सहज बनाएको स्थानीय कालि बहादुर मल्लले बताए ।

छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग रहेपछि सो अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए । 

सर्केगाड गाउपालिका तुम्चका स्थानीय नागरिकको धेरै वर्ष अघिदेखिको माग अनुसार अहिले अस्थायी प्रहरी पोष्ट स्थापना भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । 

यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहज भएको उनले बताए । हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ । पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने जनाइएको छ ।

पोस्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा दश जना प्रहरी कार्यरत रहेका छन् । 

यसअघि उक्त स्थानमा बेलाबेलामा प्रहरी गस्तीमा जाने गरेको थियो । गस्तीमा जान चारदेखि एक दिन पैदल लाग्ने गर्छ । प्रहरी नायब उपरीक्षक शर्माले अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुने बताए । उक्त अस्थायी प्रहरी पोष्टले हाल सर्केगाड र अदानचुली गाउँपालिकालाई केन्द्रित गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार