सोसल मिडिया
Contact Us
युनिकोड
काबुल(अफगानिस्तान), ९ माघ । अफगानिस्तानको एअर करिडोर अवरूद्ध भएकाले हवाई पारवहनको अभावका कारण यहाँको स्थानीय सामान निर्यातमा समस्या भएको बताइएको छ । अफगानिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरूद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तीमा चुनौती सिर्जना भएको हो । टोलो न्युजका अनुसार अधिकारीहरूले समस्या समाधान गर्न प्रयास गरिरहेका छन् तर अहिलेसम्म कुनै प्रगति हुनसकेको छैन । एसीसीआईका उपप्रमुख खरिरुद्दिन मयलले भने, “एसीसीआईले सुविधा र सुगमता ल्याउने प्रयास गर्दै आएको छ तर अहिलेसम्म प्रगति भएको छैन ।” तत्कालिन सरकार ढल्नुअघि अफगानी सामानलाई काबुल, कान्दहार, बाल्ख र हेरात गरी चार प्रान्तका विमानस्थलहरूबाट हवाई मार्गमार्फत् विश्व बजारमा पु¥्याइन्थ्यो । यसैबीच, धेरै व्यापारीले तालिवानलाई सो समस्या समाधान गर्न र हवाई कोरिडोरमार्फत विश्व बजारमा सामान निर्यात गर्न सहज बनाउन आग्रह गरेपनि सरकार सञ्चालनको अनुभव लिँदै गर्दा यसमा पर्याप्त ध्यान दिनसकेको छैन । एसीसीआईको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा एक हजार ८०० उडानहरूले हवाई मार्गमार्फत ६ करोड अमेरिकी डलर मूल्यका सामानहरू भारत, संयुक्त अरब इमिरेट्स, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीलगायत विभिन्न देशहरूमा पु¥्याएका थिए ।
तालिवान प्रतिनिधिमण्डल ओस्लोमा
अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिवान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु गरेको छ । पश्चिमी अधिकारीहरुसँग अत्यधिक अपेक्षा गरिएको भेटवार्ताभन्दा अगाडि अफगानिस्तान नागरिक समाजका सदस्यहरूले मानवअधिकारमा केन्द्रित रहेर वार्ता गरेका बुझिएको छ । विदेशमन्त्री आमिर खान मुताकीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले आफ्नो तीन दिने भ्रमणको पहिलो दिन महिला कार्यकर्ता र पत्रकारहरूसँग वार्तालाई समर्पण गर्ने भएको छ । नर्वेको मध्यस्थतामा भइरहेको र अफगानिस्तानमा मानव अधिकार र मानवीय संकटमा केन्द्रित हुने चर्चा ओस्लोको बाहिरी भागमा रहेको सोरिया मोरिया होटलमा गोप्यरूपमा भइरहेको छ । सत्ताच्युत भएको २० वर्षपछि फेरि सत्तामा फर्केका तालिबान समूहले सत्ता सम्हालेपछि मानवीय स्थिति एकदमै खस्किएको छ । कब्जापछि अन्तरराष्ट्रिय सहयोग अकस्मात् रोकियो र थुप्रै गम्भीर सङ्कटपछि भोकमरीबाट पीडित लाखौं मानिसहरूको अवस्था झनै नाजुक बनेको छ । कट्टर इस्लामवादीहरूलाई सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको गठबन्धनले सत्ताच्यूत गरेको भएपनि पश्चिमी सेनाहरूको गठबन्धनले देश छोड्न नपाउँदै उनीहरूले सत्तामा कब्जा जमाइसकेका थिए । अहिलेसम्म कुनै पनि देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । नर्वेली विदेश मन्त्री अनिकेन हुइटफेल्टले भने, “वार्ताले तालिबानको वैधता वा मान्यताको प्रतिनिधित्व गर्ने छैन ।” उनले भने, “तर हामीले देशका वास्तविक अधिकारीहरूसित कुरा गर्नै पर्छ । हामी राजनैतिक स्थितिलाई अझ खराब मानवीय सङ्कटतर्फ जान दिनु हुँदैन ।” सोमबार तालिबानले संयुक्त राज्य अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, इटाली र युरोपियन युनियनका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् भने मंगलबार नर्वेका अधिकारीसँग द्विपक्षीय वार्तामा समर्पित हुनेछन् । शनिबार एएफपीसँगको अन्तर्वार्तामा तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कट्टर इस्लामवादीहरूले युद्धको वातावरणलाई रुपान्तरण गर्न र शान्ति स्थापनाका लागि वार्ता आवश्यक रहेको बताए । काबुलबाट प्रतिनिधिमण्डलमा सम्मिलित हुन तालिबान आन्दोलनको सबैभन्दा कडा गुटका नेता अनास हक्कानी ओस्लो पुग्नुभएको छ । हक्कानी नेटवर्क अफगानिस्तानका केही विनाशकारी आक्रमणहरूका लागि जिम्मेवार छ । कुनै औपचारिक सरकारी पदाधिकारी नभएका उहाँ सन् २०१९ मा कैदी साटासाटमा मुक्त हुनुभन्दा पहिले राजधानी काबुल बाहिर रहेको संयुक्त राज्य अमेरिकाको बाग्राम हिरासत केन्द्रमा केही वर्ष जेल परेका थिए ।– रासस/एएफपी