भारतमा एकैदिनमा तीन लाख ३३ हजार सङ्क्रमित

आइतबार, माघ ९, २०७८

नयाँदिल्ली, ९ माघ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३३ हजार ५३३ जनामा सङ्क्रमित थपिएका छन् । 
यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हँुदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएका छन् ।    सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख ५९ हजार १६८ सङ्क्रमणमुक्त भएका छन् । 
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.१८ प्रतिशत रहेको जनाइएको छ । 
पछिल्लो एक दिनमा ५२५को कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख ८४ हजारभन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार