जुम्लामा स्वास्थ्य सामग्री जुटाउँदै

सोमबार, माघ १०, २०७८

जुम्ला, १० माघ  । कोरोनाभाइरसको तेस्राे लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति लागायत विपद् सम्बन्धी काम गर्ने संस्थाहरूले स्वास्थ्य सामग्री जुटाउन थालेका हुन् । सोमबार  जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं अध्यक्षतामा बसेको बैठकले विपद् क्षेत्रमा जिल्लामा कार्यरत संघसंस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आह्वान गरेकाे छ ।  जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, पीपीसेटसहितका स्वास्थ्य सामग्री अभाव भएकाले  सहयोग गर्न अनुरोध गरेकी छन् । उनले  मौज्दात सामग्री जति तत्काल वितरण गरिने बताइन्  ।

 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार