मर्स्याङ्दी गाउँपालिकामा एन्टिजेन परीक्षणको व्यवस्था

सोमबार, माघ १०, २०७८

लमजुङ, १० माघ : लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रै एन्टिजेन विधिबाट दैनिकको कोरोना परिक्षणको व्यवस्था गरेको छ । पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको र गाउँपालिकामा समेत संक्रमण जोखिम बढेकाले संक्रमण पहिचान र नियन्त्रणका लागि दैनिक कोरोना परीक्षणको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा संक्रमण बढेकाले कोरोना नियन्त्रणका लागि तत्कालका लागि तीन स्थानमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले वताए ।  

उनका अनुसार वडा नम्बर ३ स्थित खुदी स्वास्थ्यचौकी, वडा नम्बर ५ घेर्मु स्वास्थ्यचौकी र वडा नम्बर ७ ङादीमा रहेको कोभिड अस्थायी अस्पतालबाट एन्टिजेन परीक्षण गरिन्छ । तीनवटै स्वास्थ्य सस्थामा प्रत्येक दिन दिउँसो १ देखि ३ बजेसम्म एन्टिजेन परिक्षण गरिने अध्यक्ष गुरुङले बताए ।  

गाउँपालिकामा कोभिडसँग मिल्दोजुल्दो लक्षणका बिरामी बढ्न थालेपछि गाउँपालिकाले कोेभिड सम्वन्धि शंकास्पद लक्षणहरु देखिएमा तुरुन्तै परीक्षण गरी सुरक्षित रहनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।     

पालिकामा हालसम्म कोरोना भाइरस सङ्क्रक्रमितहरुको सङ्ख्या १७ पुगेको छ । कोरोना संक्रमण कै कारण एक जना पुरुषको मृत्यु समेत भएको छ ।

हालसम्म ३ जना संक्रमण मुक्तभएका छन् भने १३ जना उपचारको लागि आइसोलेसनमा रहेको अस्थायी कोभिड अस्पतालका संयोजक अशिष परियारले बताए ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार