अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाले कोभिड महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ प्रमुख

सोमबार, माघ १०, २०७८

जेनेभा (स्विजरल्याण्ड),  १० माघ । अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् । “डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ । यदि देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे भने हामी तीव्र चरणको अन्त्य गर्न सक्छौँ,” टेड्रोसले डब्ल्युएचओ कार्यकारी बोर्डको १५०औँ सत्रको उद्घाटनमा उक्त कुरा उल्लेख गरेका छन् ।  महामारीबाट पाठ सिक्नुपर्ने र त्यस्ता आपत्कालीन अवस्थाहरू रोक्नका लागि अहिले नयाँ समाधानहरू विकास गर्न आवश्यक छ ।– रासस/एएनआई

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार