सुदूरपश्चिममा थपिए ५५० जना कोरोना सङ्क्रमित 

सोमबार, माघ १०, २०७८

बैतडी, १० माघ । सुदूरपश्चिम प्रदेशमा आज थप ५५० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।    गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट  एक हजार ५४७ जनाको नमूना परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पिसीआरमार्फत २२४ र एन्टिजेनमार्फत ३२६ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, बैतडी अस्पतालमा ३६, डडेल्धुरा अस्पातालमा २०, कमलबजार अस्पतालमा ११ र एन्टिजेनमार्फत  कञ्चनपुरका २०६, कैलालीका ५८, बाजुरामा २, दार्चुलाका १४, बझाङ्गका १५, बैतडीका ७, डडेल्धुराका ९, डोटीका १३  र अछामका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।  
यस्तै गएको २४ घण्टामा प्रदेशभर ६३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण  एक जनाको  मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  यसअघि आइतबार यस प्रदेशमा ३८७ जनामा सङ्क्रमण पुष्टि हुँदा ४० जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ ।

गण्डकीमा १८६ जना कोरोना सङ्क्रमणमुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९४९ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 
थपिनेमा कास्कीका ४५६, तनहुँका १००, लमजुङका ९६, पर्वतका ७८, स्याङ्जाका ७५ र म्याग्दीका ४९ जना छन् । त्यस्तै नवलपरासी पूर्वका ४७, गोरखाका ३५, बागलुङका नौ र मुस्ताङका चार जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६२३ जना रहेको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार