ललितपुर महानगरपालिकाको फोहोर मैला व्यवस्थापन केन्द्रमा आगलागी

आगलागीको कारण पत्तालगाउन समिति गठन 
आइतबार, कात्तिक ३०, २०७७

ललितपुर  । ललितपुर महानगरपालिकाले महानगरको फोहोर मैला व्यवस्थापन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाउन अध्ययन समिति गठन गरेको छ ।  वतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा समिति गठन गरेको महानगरका प्रमुखचिरीबाबु महर्जनले बताए । 
उक्त समितिमा महानगरका प्रवक्ता राजु महर्जन, वडा नं ८ का वडा अध्यक्ष हेम महर्जन, फोहोर मैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले र मेकानिकल इन्जिनियर पुष्कर भट्टराई रहेका छन् । 
उक्त केन्द्र महानगरको वडा नं ८ मा पर्छ ।  चक्रपथ बालकुमारी खरीबोटस्थितउक्त केन्द्रमा गत शुक्रवार अपराह्न आगलागी भएको थियो । आगलागीको अवलोकनअगर्न पुगेका नगरप्रमुख महर्जनले एक सात भित्र अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । उनले भने, ‘उक्त समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायहरु समेत समितिले प्रतिवेदनमा उल्लेख गर्छ ।’
केन्द्रका प्रमुख अवालेले आगलागी सुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको बताए । केन्द्रमै भएका कर्मचारीले ‘फायर एस्टिङग्वसर’ प्रयोग गरेर आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए । आगो पूर्ण रुपमा निभाउन ललितपुर वारुणयन्त्र शाखाबाट दमकल आएको थियो ।  सिस्डोल ल्याडफिल्ड साइटमा फोहोर पु¥याउनु अघि ललितपुर महानगरपालिकामा उठेको फोहोर यो केन्द्रमा अस्थायी रुपमा जम्मा गरिन्छ । केन्द्रमा आगलागी भएपनि ललितपुरभित्रको फोहोर निरन्तर उठिरहेको अवालेले जानकारी दिए । उनले भने, ‘चाडपर्वमा अरु बेलाभन्दा धेरै फोहोर संकलन हुन्छ, फोहोर संकलन भइरहेको छ ।’ 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार