गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित थपिए

मंगलबार, माघ ११, २०७८

गण्डकी, ११ माघ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । 
प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
शर्माका अनुसार प्रदेशमा कोरोना सङ्क्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या ४०७ पुगेको छ । गत पुस १७ गतेदेखि आजसम्म उक्त सङ्ख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित बन्नुभएको र सबै होम आइसोलेसनमा रहनुभएको उनले जानकारी दिए । 

सुदूरपश्चिममा थप ६५२ मा कोरोना सङ्क्रमण पुष्टि, १३३ सङ्क्रमणमुक्त 
    
बैतडी, ११ माघ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   
पछिल्लो २४ घण्टामा प्रदेशभर एक हजार ९७३ जनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये पिसिआरबाट ३२६ र एन्टिजेनबाट ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
पिसिआर बिधिबाट सेती प्रादेशिक अस्पतालमा २५६, महाकाली अस्पतालमा ४८, डडेल्धुरा अस्पतालमा १९, कमलबजार अस्पतालमा तीन र एन्टिजेन बिधिबाट  कञ्चनपुरका १४१, कैलालीका ७८, बाजुराका २२, दार्चुलाका १६, बझाङका १३, बैतडीका ६, डडेल्धुराका १९, डोटीका २५  र अछामका ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १३३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा ५५० जनामा सङ्क्रमण पुष्टि हुँदा ६३ जना सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ ।

प्रदेश १ मा थप एक हजार १६ जनामा कोरोना पुष्टि

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ४९२ जनाको पिसिआर परीक्षण गर्दा ६९० जना तथा ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको हो । पिसिआर परीक्षणका क्रममा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा आठ, तेहृथुममा सात, इलाममा चार, उदयपुरमा तीन, सङ्खुवासभामा दुई, भोजपुरमा एक र प्रदेश बाहिरका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मोरङको विराटनगरका २४५, सुन्दरहरैचाका १७, बेलबारीका आठ, बूढीगङ्गा र उर्लाबारीका पाँच÷पाँच, कटहरी र स्थानीय तह नखुलेका चार÷चार, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रङ्गेलीका दुई÷दुई, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानका एक÷एक, सुनसरीको धरानका ११३, इटहरीका ५२, इनरुवाका नौ, दुहवीका सात, रामधुनीका ६, हरिनगर, देवानगञ्ज र गढीका तीन÷तीन, बर्जु, बराहक्षेत्र र कोसी गाउँपालिकाका दुई÷दुई र स्थानीय तह नखुलेका पाँच जनामा कोरोना देखिएको हो । 
यसैगरी झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा  आठ, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका  तीन÷तीन, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा  पाँच, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका एक÷एक जना रहेका छन् ।
मन्त्रालयका अनुसार तेहृथुमको म्याङलुङमा पाँच, लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक, इलामको चुलाचुलीमा दुई, इलाम नगरपालिका र देउमाईमा एक÷एक, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका एक÷एक, सङ्खुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेशबाहिरका २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा आज १५२ महिलासहित ३२२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ   । प्रदेशमा   सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार