सोसल मिडिया
Contact Us
युनिकोड
माले । माल्दिभ्समा सोमबार यस बर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा पाँच हजार १०० पर्यटक भित्रिएका छन् । यो सङ्ख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको अधिकारीहरूले जनाएका छन् । मालदिभ्समा कोरोनाभाइरसको महामारीभन्दा अगाडि औसतमा दैनिक पाँच हजार पर्यटक आउने गरेका थिए । तर कोरोनापछि अहिले औसतमा दैनिक तीन हजार पर्यटक भित्रिने गरेको छन् । टापूहरूको देश माल्दिभ्समा जनवरी १ देखि फेब्रुअरी २० सम्म एक लाख ६० हजार पर्यटक भित्रिएका छन् । तीमध्ये प्रायः भारत, रूस, युक्रेन, काजकस्थानलगायतका देशबाट आएको पाइएको छ । यो वर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक स्वदेश भित्र्याउने लक्ष्य लिइएको पर्यटन मन्त्रालयले जनाएको छ ।– सिन्ह्वा