मकवानपुरमा काेराेनाका एक हजार तीन सय ४५ सक्रिय संक्रमित 

बुधबार, माघ १२, २०७८

मकवानपुर, १२ माघ । मकवानपुरमा बुधबारसम्म काेराेनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् । कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण एक सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । मकवानपुरमा हिजो मंगलबार एक सय ४६ जनामा कोरोना पुष्टि हुँदा द्ई सय ३६ जना संक्रमणमुक्त भएका थिए । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार