चिनिया सहयोगको कोभिड–१९ खोप लाओस आइपुग्यो

बुधबार, माघ १२, २०७८

भेन्टियान, १२ माघ । चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौँ समूह लाओस आइपुगेको र अधिकारीलाई हस्तान्तरण गरिएको छ ।लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले मंगलबार लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको बताए । खोपको कारण कोभिड–१९ सङ्क्रमण उल्लेखनीयरूपमा कम भएको उनले बताएका छन् ।  लाओसमा कोभिड–१९ को प्रकोप भएदेखि चीनले लाओसलाई कोभिड–१९ विरुद्धको खोपको ८९ लाख खोप डोज उपलब्ध गराएको फान्खामले बताएका छन् । यसबाट गहिरो मित्रता र बहुमूल्य सहयोगलाई पूर्णरूपमा झल्काउँने पनि उनले बताएका छन् ।  लाओसले चीनको सहयोगमा २०२१ मा आफ्नो खोप लक्ष्य पूरा गरेको छ । सन् २०२२ मा आफ्नो देशको ८० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेको फान्खामले बताए ।  लाओस पार्टी, सरकार र जनताको तर्फबाट आफ्नो भावना व्यक्त गर्दै हृदयदेखि चीनलाई धन्यवाद दिन चाहेको फान्खामले बताएका हुन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार