सोसल मिडिया
Contact Us
युनिकोड
काठमाण्डाैँ, १३ माघ । बिहिबार २१८०८ जनामा कोरोनाको परिक्षण गर्दा ८०१७ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार नै १५ जना मानिसको कोरोनाबाट कारण मृत्यु भएको छ । कोरोना कै कारण हाल सम्म ११६८७ जना मृत्यु भई सकेका छन् । गत २४ घण्टा यता ५५४५६६ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भए देखि अहिले सम्म ३ करोड ४ लाख ७५ हजार ५ सय ८९ मात्रा खोप लगाइसकेको छ ती मध्ये कम्तिमा एक मात्रा लगाउनेको संख्या १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ जना पुगेका छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ३७ लाख ३४ हजार ३ सय ९० जना छन् । त्यस्तै अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउनेको संख्या २ लाख ४२ हजार ७ सय २४ जना पुगेका छन् ।
हाल सम्म ९०५७६ जना सक्रिय संक्रमित रहेको छन् भने आज ५२९२ जना निको भएर घर फर्केका छन् । आज सम्म निको हुनेको संख्या ८३७००४ जना रहेका छन् । यो ८९.१ प्रतिशत हो ।