सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल सरकारले भरोसिलको बुस्टर उपलब्ध नगराएका कारण ललितपुर महानगरले ६० वर्ष भन्दा माथिका नागरिकलाई शुक्रवारदेखि कोभिशिल्डको बुस्टर डोज मात्रै लगाउने भएको छ । शनिवार बाहेक माघ १४ देखि माघ १७ गते सोमबारसम्म कोभिशिल्ड र भेरोसिलको बुस्टर डोज लगाउने भन्दै महानगरले सूचना प्रकाशित गरेको थियो । अन्तिम समयमा नेपाल सरकारबाट भरोसिलको बुस्टर डोज उपलब्ध गराउन नसक्ने जानकारी प्राप्त भएकाले हाललाई भेरोसिलको बुस्टर डोज लगाउन स्थगित गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । उनले भने, ‘ दुबैको बुस्टर डोज प्राप्त हुने भनेपछि सूचना प्रकाशित गरेका थियौं, भेरोसिलको बुस्टर उपलब्ध हुन सकेन, बाध्यताबस रोक्नुप¥यो ,यसबाट पर्न गएको असुविधाप्रति क्षमा माग्छौं । ’ अर्यालले नेपाल सरकारसँग यथाशिघ्र भेरोसिलको बुस्टर उपलब्ध गराउन माग गरे । उनले भने, ‘नेपाल सरकारबाट खोप प्राप्त हुने बित्तिकै लगाउने व्यवस्था गर्छौ ’ कोभिशिल्डको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका६० वर्ष माथिकाले वडामा सम्पर्क गरी खोप लगाउन समेत अनुरोध गरेको छ ।