परीक्षण गरिएका मध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण

शुक्रबार, माघ १४, २०७८

काठमाडौँ, १४ माघ । काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा सङ्क्रमण देखिन थालेको  कमपाको भनाइ छ ।  कारोना बढेकालेनै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ । अहिले परीक्षण दर पनि बढेको छ  दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउछन ।  सङ्क्रमण बढेपनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आएपनि तयारी अवस्थामा रहेको  कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका  निःशुल्क सञ्चालन गरिएका  आइसोलेसन र क्वारेन्टिन  स्थलहरू यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ । 
डङ्गोलले भने, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ”, “हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्नेछौँ ।”  महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

मुलुकभर शुक्रबार थपिए छ हजारभन्दा बढीमा सङ्क्रमित 
मुलकभर शुक्रबार छ हजार ८२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १९  हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ । पाँच हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख ४२ हजार ३३६ पुगेको छ । यो दर ८९।२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

१० जनाको मृत्यु 
विगत २४ घण्टामा १० जनाको सङ्क्रमणको कारणले निधन भएको जानकारी दिनुभयो । अहिलेसम्म ११ हजार ६९७ को सङ्क्रमणका कारणले निधन भएकोे छ ।
यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला २० पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासीपूर्व, तनँहु, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् ।
ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् । हाल होम आइसोलेशनमा ८८ हजार ०८४, संस्थागत आइसोलेशनमा एक हजार ८५७, आइसियुमा २५६ र भेन्टिलेटरमा ४५ को उपचार हुँदैछ । 
विगत २४ घण्टामा आज एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार  नौ मात्रा लगाइएको छन् । 

सुदूरपश्चिममा थपिए ४८६ सङ्क्रमित, दुईको मृत्यु
सुदूरपश्चिम प्रदेशमा आज थप ४८६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६९३ जनाको नमूना परीक्षण गर्दा ४८६ मा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  
पीसीआरमार्फत १८९ र एन्टिजेनमार्फत २९७ मा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १२१, महाकाली अस्पतालमा २९, बाजुरा अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा १०, कमलबजार अस्पतालमा ६ र एन्टिजेनमार्फत कञ्चनपुरका ९०, कैलालीका ६२, बाजुरामा १८, दार्चुलाका १२, बझाङका १८, बैतडीका ३०, डडेल्धुराका ४८, डोटीका १३ र अछामका ६ मा सङ्क्रमण पुष्टि भएको छ ।   सो अवधिमा प्रदेशभर २५७ सङ्क्रमणमुक्त भएका छन् । यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि बिहीबार यस प्रदेशमा ५५८ मा सङ्क्रमण पुष्टि हुँदा १३० सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२१ को ज्यान गइसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार