सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि 

शुक्रबार, माघ १४, २०७८
मयुर प्लाई
Global Ime Bank

मड्रिड, १४ माघ । स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिए पनि यसलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले सन्तोषजनक भनेको छ ।  सरकारले सन् २०२१ मा कूल गार्हस्थ्य उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो यद्यपि पाँच प्रतिशतको वृद्धि पनि युरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो ।  सन् २०२० मा स्पेनको कूल ग्रार्हस्थ्य उत्पादन अघिल्लो वर्ष (सन् २०१९)का तुलनामा झन्डै ११ प्रतिशतले घटेको थियो ।– रासस/एएफपी
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
सुनको मूल्य घट्यो
शुक्रबार, माघ १४, २०७८