बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा

आइतबार, माघ १६, २०७८

बाजुरा, १६ माघ । जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए । भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए । शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६/७७ मै बजेट विनियाेजन भए पनि खरिद गर्न सकिएकाे थिएन ।  हाल फेरि बजेट आएपछि खरिद गरिएकाे हाे ।

 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार