सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १६ माघ । आइतबार मुलुकभर ३५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ जनाको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ९१० जनाको पीसीआर गर्दा ३०४९ र ३२३५ को एन्टीजेन परीक्षणमा ४९१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले आज ६३५९ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ । यो पछिल्लो २४ घण्टाको विवरण भने होइन । मन्त्रालयले विभिन्न अस्पतालबाट ढिलोगरि मृत्यु भएकाहरुको विवरण आएकाले आज अद्यावधिक गरिएको जनाएको छ । आज देशभरी ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।