हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

आइतबार, माघ १६, २०७८

काठमाडौं, १६ माघ : हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ । 

कोरोना महामारी तिब्ररुपमा बढिरहँदा स्वास्थ्य मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छातनबिनका लागि ५ सदस्यीय समिति बनाएको हो । 

उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार