तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार, फागुन १२, २०७७
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार १०० रुपैयाँले मंगलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मंगलबार तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार भएको थियो । 
यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मंगलबार तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० रुपैयाँमा मंगलबार कारोवार  भएको चाँदी आज भने एक हजार ३४५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार