सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १६ माघ । पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल देशैभरि ८३ हजार ९९९ सक्रिय सङ्क्रमित छन् भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी यही माघ १३ देखि आजसम्म सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।
प्रदेश नं १ मा ४६२ मा सङ्क्रमित थपिए पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ६४० जनाको पिसिआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा तीन, इलाममा दुई, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा एक÷एक र प्रदेश बाहिरका २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्थानीय पालिकाअनुसार १३७ स्थानीय पालिकाअन्तर्गत ३९ वट स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ भने मोरङको विराटनगरमा ६३ र सुनसरीको इटहरीमा २४ जनामा कोरोना सङ्क्रमण भएको छ । प्रदेशमा आजै ३६९ महिला ६७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर छ हजार २०० छ भने सङ्क्रमणमुक्त दर पनि बढेर गएको बताइएको छ ।